दार्चुला – जिल्ला अस्पताल दार्चुलाका नवनियुक्त अध्यक्ष दिपक राज जोशीले पदभार ग्रहण गरेका छन् ।
जोशीले बुधबार अस्पतालमा पदभार ग्रहण गरेका हुन् । नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जोशीलाई अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष पदमा चैत्र ३ गते सामाजिक विकास मन्त्रालयको प्रस्तावमा प्रदेशको मन्त्रीपरिषद् बैठकले जोशीलाई नियुतm गरेको थियो ।
जोशीले अस्पताललाई जिल्लाकै नमूना अस्पताल बनाउन आफू तल्लीन रहेने प्रतिबद्धता व्यक्त पनि गरेका छन । उनले भने, ‘समस्यालाई सल्टाउँदै चुनौतीलाई अवसरको रुपमा लिएर यो अस्पताललाइ जिल्लाकै उत्कृष्ट अस्पताल बनाउन लाग्ने छु । उनले अस्पताल प्रशासन, नगरवासी र जिल्ला र प्रदेशको सल्लाह लिएर अघि बढ्ने बताए ।
नेकपा माउवादी केन्द्रका प्रदेश स्तरका नेता समेत रहेका जोशीलाई मन्त्रीपरिषद् बैठकले जोशीलाई नियुतm गरेको थियो । जिल्ला अस्पताल दार्चुलामा छिमेकी राष्ट भारत तथा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराइरहेको छ । उनलाई कर्मचारी र स्थानीय बुद्धजिवीले स्वागत पनि गरेका छन । अस्पतालका कर्मचारीहरुले अस्पतालमा समस्या र चुनौतीसँगसँगै अवसर पनि रहेको बताए । जनशक्ति व्यवस्थापन र अस्पताल सुहाउँदा पूर्वाधार अत्यावश्यक छ, त्यसलाई प्राथमिकता राखेर काम गर्न निर्देशन दिइएको छ ।
महाकाली नगरपालिका अन्तर्गत रहेको यो अस्पतालाई अहिले ५० शैयाको बनाउन लागिएको छ । जिल्ला अस्पतालको रुपमा रहेकोले अस्पताललाई नमूना अस्पताल बनाउन नयाँ नेतृत्वलाई सक्दो सहयोग गर्ने अस्पतालका डाक्टर तथा सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन । यसअघि जिल्ला अस्पताल दार्चुलाको व्यवस्थापन समितिको अध्यक्षमा माओवादी नेता दलजीत सिह धामी रहेका थिए।