दार्चुला – स्थानीय तहको निर्वाचन मिति नजिकिएसँगै प्रमुख दलहरूमा कसलाई उम्मेद्वार बनाउने भन्ने बारेमा रस्साकस्सी सुरु हुन थालेको छ । निर्वाचनका लागि मनोनयन गर्न अब करीब एक महिना मात्र बाँकी छ । गाउँगाउँमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दलका कार्यक्रमहरु गाउँ केन्द्रित हुन थालेका छन् । दार्चुलाका सबै स्थानियतहमा राजनीतिक दलका नेताहरूबीच आन्तरिक दौडधूप तीव्र बनेको छ ।
अब चुनाव आउन करिब ४३ दिन मात्र बाकीँ छन् , जिल्लाको ९ वटै पालिकामा कुन दलले बाजी मार्छ भन्ने होटेल, पसलमा होटबाजी चल्न थालेको छ । यसपटक कुन दलले बाजी मार्छ भन्नेमा चासो सबैमा छ । सबै राजनितिक दलहरुमा मयेर देखी लिएर वडा अध्यक्ष कस्लाई बनाउने भन्ने चर्चा भित्रीरुपमा चरिरहेको छ ।
आजभोलीको राजनितिक माहोल हेर्दा दार्चुलामा आआफ्नो खेमाका व्यक्तीहरुलाई अगाडी सार्ने चर्चा बाहिर देखिन्छ । कतिपयले सामाजिक संजाल मार्फत उम्मेदवारीको आकाङ्क्षी राखेको देखिन्छ ।
जिल्लाका प्रमुख दल एमाले नेपाली काँग्रेस , नेकपा एस र नेपाल कम्युनिष्ट पार्र्टी माओवादीमा वडा देखी नगर सम्म कस्लाई उम्मेदार बनाउने भन्नेमा निकै रस्साकस्सी चरिरहेको पाइन्छ । उसो त यता जिल्लामा २०७४ सालको स्थानिय निर्वाचनको परिमाण हेर्दा दार्चुलामा काँग्रेस बलियो देखिन्छ ।
किन भने ९ वटा स्थानियतह रहेको दार्चुला जिल्लामा २०७४ सालको स्थानिय निर्वाचनमा ५ वटा पालिकामा नेपाली काँग्रेसले बर्चस्व जमायो । भने ३ वटा पालिका नेकपा एमाले जित्यो , त्यसका कारण नेपाली काँग्रेस बलियो देखिन्छ । १ गाउँपालिकामा माउवादी केन्द्रले बर्चस्व जमाएको थियो ।
यो अवस्थामा एमालेका लागि जित त्यति सहज नहुने आंकलन गरिएको छ । कांग्रेसमा अन्तर्घात पनि पुरानै रोगका रुपमा देखिन्छ । एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादी पार्टी जनताबीच परीक्षण हुने तयारीमा छ ।
यस्तै, अघिल्लो निर्वाचनमा शैल्यशिखर नगरपालिका तथा महाकाली नगरपालिका गरी दुई वटा नगरपालिकाको पालिकाको प्रमुख तथा उपप्रमुख जितेको कांग्रेसले यसपटक ५ पालिकाभन्दा बढीमा जित हासिल गर्ने रणनीतिका साथ चुनावी अभियानमा जुटिसकेको छ ।यस्तै, माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा जितेका १ पालिका प्रमुख तथा उपाध्यक्ष ढाएर कांग्रेस÷एमालेको जत्तिकै हैसियत बनाउने रणनीतिका साथ चुनावी अभियानमा होमिएको छ । यस्तै, एमालेबाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)ले जसरी पनि आफ्नो अस्तित्व जोगाउने दाउमा छ ।
अघिल्लो निर्वाचनमा कुनै स्थानीय तह वडामा नजितेको राप्रपा अहिले पार्टी र आ–आफ्ना साख जोगाउने रणनीतिका साथ चुनावी अभियानमा जुटेका छन् । एमालेले अभिमूखीकरण सकेर जिल्ला, नगर, गाउँदेखि वडा र टोलसम्मको प्रशिक्षण सम्पन्न गर्ने काम अहिले भइरहेको छ । स्थानीय तह निर्वाचनका लागि अहिलेका जननिर्वाचित प्रतिनिधिहरुको कामको समीक्षा गर्दै मत सर्वेक्षणको काम सकेको कतिपय स्थानीय तहका एमाले नेताहरुले बताएका छन । नेकपा एमालेले हाल सम्म ४ हजार भन्दा बढि व्यतिmहरुलाई पार्टीमा ल्याएको तथा उनीहरुलाइ आवश्यक जिम्मेवारी दिइने नेकपा एमाले जनाएको छ ।