भक्तपुर – भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ ।
चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box