धनगढी- बैतडीमा लडेर घाइते भएका एक जनाको धनगढीमा ज्यान गएको छ। जिल्लाको दशरथचन्द नगरपालिका-२ थलालगाउँका ३२ वर्षीय हर्कसिंह थलालको मृत्यु भएको हो।
गत चैत्र २७ गते घर जाने क्रममा गाउँ नजिकैको भिरबाट लडेका थलालको उपचारका क्रममा धनगढीस्थित सेती अस्पतालमा बुधबार मृत्यु भएको थियो।
मृतक थलालका ३ वर्षीय छोरा र श्रीमती छन्।
Facebook Comments Box