दाङ: दाङमा आफ्नै छोरीको बलात्कार गरेको अभियोगमा बुवा पक्राउ परेका छन्।
गत चैत ३० गते बिहान ११ बजे घरमा कोही नभएको समयमा मदिराले मातेको अवस्थामा छोरीको बलात्कार गरेको जाहेरीका आधारमा ३७ वर्षीय बुवा पक्राउ परेका हुन्।
वैशाख २ हजुरबुवा-हजुरआमा चौपाया चराउन गएको समयमा आफूमाथि बुवाले बलात्कार गरेको किटानी जाहेरी पीडितले दिएकी थिइन्।
पीडित बालिकाको स्वास्थ्य जाँच रिपोर्टले पनि उनीमाथि बालात्कर भएको पुष्टि भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।
जाहेरी परेकै दिन प्रहरीले आरोपित बाबुलाई नियन्त्रणमा लिएको थियो।
Facebook Comments Box