धनगढीः कञ्चनपुरमा प्रहरीले प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेको छ। बिहीबार बेलौरीबाट खटिएको टोलीले विद्यानगरबाट बोइलर कुखुरा बरामद गरेको हो।
प्रहरीले बेवारिसे अवस्थामा विद्यानगरबाट करिब १ सय ३० केजी प्रतिबन्धित भारतीय बोइलर कुखुरा बरामद गरेक जनाएको छ।
बरामद गरिएका २६ हजार मुल्य बराबरका ५१ वटा कुखुरालाई पशु क्वारेनटाइन बेलौरी, जनप्रतिनिधि, स्थानीय र पत्रकारको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
कञ्चनपुरसँग जोडिएको भारतीय सीमावर्ती बजारबाट चोरी तस्करीको माध्यमबाट कुखुरा तथा चल्ला भित्रिने गरेका छन्। यसले मारमा परेको दुखेसो नेपाली कुखुरा पालन व्यवसायीको छ।
Facebook Comments Box