धनगढीः १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
बर्दियाको राजापुर नगरपालिका–६ जोगीपुरका २६ वर्षीय राजाराम थारु र २२ वर्षीय शनीराम थारु समातिएका हुन्।
अस्ति राति ती बालिकालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box