कञ्चनपुर: कञ्चनपुरमा करेन्ट लागेर एक ट्रक चालकले ज्यान गुमाएका छन्। भीमदत्त नगरपालिका–९ खल्लामसेट्टीमा करेन्ट लागेर ट्रक चालकको मृत्यु भएको हो।
नेपालगञ्जबाट तार–जाली बोकेर आएको भे १ ख ३९५३ नम्बरको ट्रकले शुक्रबार बिहान बिजुलीको मेन लाइन छुँदा ३२ वर्षीय चालक खुमबहादुर रोक्काको मृत्यु भएको बताइएको छ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–२ समशेरगञ्जका रोक्काको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी प्रकाश डाँगीले बताए।
Facebook Comments Box