डडेल्धुरा: नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको अध्यक्षमा धनबहादुर भण्डारी चयन भएका छन्। प्रेस युनिनका निवर्तमान जिल्ला अध्यक्षसमेत रहेका भण्डारी ट्रेड युनियन कांग्रेसको जिल्ला अधिवेशनमार्फत अध्यक्षमा सर्वसम्मत चयन भएका हुन्।
यस्तै खुला उपाध्यक्षमा अरुण जोशी, महिला उपाध्यक्षमा पार्वती गुरुङ, सेवासमूह उपाध्यक्षमा लोकराज पनेरु, अनौपचारिक उपाध्यक्षमा उद्धवसिंह महरा, सचिवमा मानबहादुर साउद, सहसचिवमा भानबहादुर बिक र गोपालदत्त पनेरु, कोषाध्यक्षमा विष्णा उप्रेती र सहकोषाध्यक्षमा देवकी माल चयन भएका छन्।
यस्तै सदस्यहरुमा दानबहादुर बुढाऐर, मानबहादुर शाहु, पदमराज भट्टराई, पदम थलाल, शेरबहादुर बुढाऐर, कमलप्रमा भण्डारी, सम्झना पाण्डेय र सुनिल बुढाऐर चयन भएका छन् । शिवराज पाठक, हिक्मतबहादुर धामी र चेतराज भट्ट प्रदेश प्रतिनिधिमा चयन भएका छन्।