काठमाडौं: नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाँणको नाम पनि मुछिएको छ। उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री खाँण पनि प्रहरीको पक्राउ सूचीमा परेका हुन्।
बयानका क्रममा अभियुक्त केशव दुलाल र सन्देश शर्माले आफूले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने योजना सफल बनाउन बालकृष्ण पनि संलग्न भएको बयान दिएपछि प्रहरीको निगरानीमा परेका छन्।
उनकी श्रीमति मञ्जु खाँणलाई २ करोडौँ रुपैयाँ बुझाएको बयान दिएको प्रहरी श्रोतले बताएको छ। निरन्तर नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री खाँणको पनि संलग्नता रहेको बताएपछि प्रहरीले प्रक्रिया पुर्याएर पक्राउ गर्ने तयारी गरिरहेको छ।
पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेपछि उनी फरार भएका छन्।
Facebook Comments Box