डोटी: डोटीमा मासुको चोक्टा घाँटीमा अड्किँदा एकजनाको ज्यान गएको छ। शुक्रबार जिल्लाको दिपायल सिलगढी नगरपालिका- ५ का ५० वर्षका पदम नेपालीको मृत्यु भएको हो।
उनको घाँटीमा मासु अड्किएपछि अस्पताल लगिएको थियो। तर, अस्पताल पुग्न नपाउदै नेपालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ।
जिल्ला अस्पताल डोटीमा पुगाइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो।
Facebook Comments Box