काठमाडौंः विभिन्न दल तथा स्वतन्त्र रुपमा राजनीतिमा होमिएर चर्चा कमाएका युवा नेताहरु एउटै फ्रेममा देखिएका छन्। अस्तीमात्रै कमेडी सिरियल तथा युट्यूवमा चर्चित कलाकार रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चालक भिक्टर पौडेल (रुटिने) को विवाहको रिसेप्सन पार्टीमा उनीहरु एकसाथ देखिएका हुन्।
जसमा एमालेका नेता, महेश बस्नेत, काँग्रेसका नेताद्वय गगन थापा र प्रदिप पौडेल, काठमाडौं महानगरका मेयर बालेन्द्र साह बालेन लगाउतका नेताहरु एकसाथ देखिएका थिए। सोही पार्टीमा एमाले अध्यक्ष केपी शर्मा ओली पनि सहभागी बनेका थिए। पछिल्लो समय पुराना दल तथा नेताहरु सक्किने कि सच्चिने भन्ने बहस भइरहेका बेला पछिल्लो पुस्ताका युवा नेताहरुको अन्तरसम्बन्ध र समन्वय सकरात्मक हुन आवश्यक रहेको जानकारहरुको भनाइ छ।
Facebook Comments Box