धनगढीः बझाङको साइपाल गाउँपालिकाले छोरी जन्माउने आमालाई नगदसहित सम्मान गर्ने भएको छ। लैंगिक विभेदको अन्त्य गर्न २०७९ र ८० को बजेटबाट गाउँपालिकाले उक्त कार्य थालिएको हो।
साइपाल गाउँपालिका उपाध्यक्ष डोल्मा तामाङले प्रोत्साहन स्वरुप उक्त कार्य गरिएको बताइन्। सुत्केरी खर्च स्वरूप प्रत्येक महिलालाइ खादा लगाएर २ हजार रुपैयाँ प्रदान गर्न सुरु गरेको उनले बताइन्।
आजमात्रै विभिन्न वडाका नम्बर ३ मा छोरी जन्माएकी १२ जना महिलालाइ सम्मानसहित २ हजार नगद पुरस्कार वितरण गरिएको छ।
Facebook Comments Box