धनगढीः कैलालीको गोदावरी नगरपालिकाका दुई युवकलाई बोका चोरीको आरोपमा पक्राउ गरिएको छ। कृष्णपुर नगरपालिका–५ स्थित जमुनाटोलमा बोका चोरी गरेको आरोपमा गोदावरी नगरपालिका १० मालाखेतीका नविन ताम्राकार र हरिश चुनारालाई प्रहरीले समातेको हो।
गुलरियाबाट खटिएको प्रहरी टोलीले बोकासहित उनीहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गुलरियाले जनाएको
छ। बरिष्ठ नायव निरीक्षक जीवन गुरुङका अनुसार दुबै जनालाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय झलारीको जिम्मा लगाइएको छ।
गत महिना कृष्णपुरकी प्रतिमा चौधरी र बैशाख ३ गते निर्मला नाथको बाख्रा चोरी भएको थियो। यस्तै हिजो शनिबार कृष्णपुर नगरपालिका ५ का रामपति चौधरीको बोका चोरी भएको थियो। तीनै जनाले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका थिए।
Facebook Comments Box