काठमाडौं – दरबारमार्गस्थित एउटा बिजुली पसलमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
मृतक ४४ वर्षीय सन्तकुमार मिश्र रहेका छन्। उनको आज दिउँसो १ बजे कमलपोखरीस्थित हिमाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
बिजुली मर्मत गर्दा मिश्रको मृत्यु भएको बुझिएको छ। करेन्ट लागेलगत्तै प्रहरीले उनलाई अस्पताल पुर्याएको थियो।
Facebook Comments Box