कञ्चनपुर: कञ्चनपुरको पुनर्वास नगरपालिकाले महाप्रस्थान यान सञ्चालनमा ल्याएको छ। नगरपालिकाले निःशुल्क सेवा दिने उद्देश्यले महाप्रस्थान सञ्चालनमा ल्याएको हो।
अन्तिम संस्कारका लागि पार्थिव शरीर घाटसम्म पुगाउन गाडी नपाउने समस्यालाई मध्यनजर गरेर निःशुल्क वाहन सञ्चालन ल्याइएको नगरप्रमुख तोय प्रसाद शर्माले बताए।
नगरको बजेटबाट महाप्रस्थान यान खरिद गरेको बताउँदै उहनले सो महाप्रस्थान यान मंगलबारदेखि सञ्चालनमा आउने जानकारी दिए।
Facebook Comments Box