कञ्चनपुर: कञ्चनपुरमा एक महिला मृत्यु फेला परेकी छिन्। जिल्लाको बेलडाँडी गाउँपालिका- २ नवजागरण टोलीकी ३२ वर्षीया देवकी पाल बुढा सोमबार मृत भेटिएकी हुन्।
आफ्नै घरको अगाडि खटियामा सुतेकै अवस्थामा उनी मृत फेला परेको छिमेकी मथुरा औजीले बताए।
मृतकको शव हिजोनै पोस्टमार्टमका लागि महाकाली अस्पताल पठाएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृत्यु प्रकरणमा अनुसन्धान भइरहेको छ। मृतकका श्रीमान धन बहादुर पाल रोजगारका लागि भारतमा थिए। २ छोरा र सासु आमा उनीसंगै घरमा बस्दै आएका थिए।
Facebook Comments Box