काठमाडौं: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ परेका छन्।
खाँणलाई बुधबार बिहान उनकै निवासबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
भूटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि खाण र उनका सहयोगी नरेन्द्र केसीलाई पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ।
यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन्।
यसअघि प्रहरीले गृह मन्त्रालयका पूर्वसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई लगायतलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box