धनगढीः कञ्चनपुरमा आगलागी हुँदा ८ लाख रुपैयाँ मुल्य बराबरको धनमाल नष्ट भएको छ। भीमदत्त नगरपालिका–४ चमनचोकस्थित शारदा देवीको सिरक गद्धाको गोदाममा विद्युत सर्ट भई गएराति आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।
Facebook Comments Box