काठमाडौं- देशमा हाल भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
बुधबार प्रदेश १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ।