दार्चुला: भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टेबाजी गरेको आरोपमा दार्चुलामा ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जनक बडाल, नवीन अवस्थी, बिरू बुढाथोकी र ईन्द्र सिंह ऐरी रहेका छन्। उनीहरूलाई महाकाली नगरपालिका–४ तिंकर खेडाबाट ३ लाख ५६ हजार ४ सय २० रुपैयाँसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
उनीहरूमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताएका छन्।
Facebook Comments Box