धनगढीः कैलालीमा प्रहरीले घरेलु रक्सी बरामद गरी नष्ट गरेको छ। इलाका प्रहरी कार्यालय हसुलियाले कैलारी गाउँपालिकाका विभिन्न स्थानबाट ९० लिटर घरेलु रक्सी बरामद गरी नष्ट गरेको हो।
कैलाली प्रहरीको आदेशअनुसार बुधवार इलाका प्रहरी कार्यालय हसुलियाको टोलीले वडा नम्बर–६ को भगतपुर, धर्मपुर, खरुवाखेरा र वनकट्टामा खटिएर स्विप अप्रेसन गर्दा अवैध रुपमा उत्पादन गरेर बिक्री वितरणका लागि राखिएका ९० लिटर घरेलु रक्सी बरामद गरिएको हो। बरामद गरिएको रक्सी स्थानीयवासी र स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box