धनगढी- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले धनगढीमा प्रदर्शन गरेको छ।
नेकपा एसको कैलाली जिल्ला कमिटीले भ्रष्टाचार विरुद्ध जुलुससहित प्रर्दशन गरेको हो। प्रदेशको अस्थायी मुकाम धनगढीको एलएन चोकबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय कैलालीको प्रवेशदवारमा नारावाजी गर्दै कोणसभामा परिणत भएको थियो।
नेपालीलाई भुटानी शरणार्थी बनाई भ्रष्टाचार गर्ने गिरोहलाई कानूनी दायरामा ल्याउन माग गर्दै प्रर्दशन गरीएको जिल्ला अध्यक्ष विमल जोशीले बताए।
Facebook Comments Box