धनगढी: सुदूरपश्चिम प्रदेश सरकारबारे निर्णय गर्न शुक्रबार दिउँसो २ बजे माओवादीले संसदीय दलको बैठक बोलाएको थियो। तर तयारी नपुगेको कारण देखाउदै अन्तिम समयमा स्थगीत गरिदियो।
शनिबार बैठक बस्नेगरी दलका नेता खगराज भट्टले हिजोको बैठक स्थगीत गरेका थिए। तर शनिबारको बैठकको समय तय भएको छैन। जसका कारण माओवादी केन्द्रको बैठक अनिश्चित बनेको छ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा दलहरुबीच मन्त्रालयगत भागबण्डा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन। काठमाडौँमा शिर्ष तहमा यो विषय नटुंगिएपछि प्रदेशका मुख्यमन्त्रीले सरकार विस्तार गर्न नसकिरहेका हुन्।
Facebook Comments Box