कञ्चनपुर- कञ्चनपुरका सामुदायिक वनमा चितुवा देखिन थालेपछि स्थानीय त्रसित भएका छन्। जिल्लाको राजघाट, पुनर्वास, बेलौरी लगायत क्षेत्र आसपासका सामुदायिक वनमा चितुवा देखिन थालेका हुन्। सामुदायिक बनबाट रातिको समयमा चितुवा गाउँमा आएर गोठमा रहेका पशुलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित भएका हुन्।
प्रदेश सभा सदस्य ओम विक्रम भाट “सरल” को पहलमा बाघ वा चितुवा के हो भन्ने पहिचान गर्न सामुदायिकमा ४ वटा स्वचालित क्यामेरा जडान गरीएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा डिभिजन वन कार्यालय कन्चनपुरले वनदेवी सामुदायिक वन र सीता सामुदायिक वनमा स्वचालित क्यामेरा जडान गरिएको हो।
क्यामेरा जडान पछि प्रदेश सभा सदस्य भाटले स्थानीयहरुलाई सचेत भएर बस्न आग्रह गरे। उनले अहिले पशुलाई आक्रमण गरीरहेको बाघ मानबलाई आक्रमण गर्न सक्ने भएकाले जंगल जादा होस या घरमै बस्दा सचेत भएर बस्न अनुरोध गरे। बैतडीमा चितुवाले मचाएको आतकंको उदाहरण दीदै भाटले मानवमा आक्रमण सुरु गरेको चितुवाले पछि धेरै दुखने बताए। उनले घर गोठ बलीयो नभएका स्थानियको काठ दीएर सहयोग गर्न सामुदायिक बनलाई अनुरोध गरे।