दार्चुला- महाकाली नगरपालिका–५ नमस्कारस्थित महाकाली नदी किनारमा भेटिएको शवको पहिचान खुलेको छ। हिजो बिहान ९ः४० बजे ढुंगामा अडकिएको अवस्थामा शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्र सिंहका अनुसार उक्त शव भारत पिथौरागढको तहसिल धारचुलास्थित चौदास बस्ने सोभान वर्माका ३६ वर्षीय छोरा राम लाल वर्माको रहेको खुलेको छ।
‘मृतकका आफन्तजन सम्पर्कमा आउनु भएको छ,’ प्रहरी निरीक्षक सिंहले भने, ‘घरमै बस्ने सामान्य मान्छे हुनुहुदो रैछ, मृत्युको कारण खुलेको छैन। हामी अनुसन्धान गरिरहेका छौँ।’ उक्त शव भारततर्फबाट बगेर आएको हुनसक्ने बताइएको छ।
Facebook Comments Box