कञ्चनपुर- कञ्चनपुरको भिमदत्त नगरपालिका- ४ चमनचोकबाट ठुलो परिणामको अबैध समान बरामद भएको छ । प्रहरी टोलीले बिशेष सुराकीको आधारमा अवैध रुपमा भन्सार छली गरी लुकाई छिपाई आई रहेको अवस्थामा बिभिन्न किसिमका हेडफोनहरु, स्मार्ट घडी, एयरफोन,वारलेस माईक,चिनी,बिडी,तेल र साईकल थान १ गरेर दुई लाख चौरासी हजार दुईसय तिस रुपैयाँ बराबरका समानहरु र साइकल सहित फेला पारेको हो ।
बरामद सामानसहित आवश्यक कार्वाहीको लागी १ जना मानिस सहित भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको छ ।
Facebook Comments Box