धनगढी: धनगढीमा घरबाहिर पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी भएको छ। हिजो (शनिवार) धनगढी उपमहानगरपालिकाको वडा नम्बर ४ स्थित उत्तरबेहडी ओमशान्ती टोलबाट ३५ वर्षीय रोहितजङ्ग कडालको मोटरसाइकल चोरी भएको हो।
हिजो ५ बजेर ६ मिनेटमा घरमै ह्याण्डिल लक गरेर पार्किङमा राखेको आफ्नो मोटरसाइकल चोरी भएको कडालले बताए। उनले मोटरसाइकल चोरी भएको विषयमा प्रहरीलाई जानकारी गराएका छन्। प्रहरीले खोजविन गरिरहेको जनाएको छ।
Facebook Comments Box