धनगढी- नक्कली भुटानी बनाएर अमेरीका पठाउने गिरोहलाई कार्वाहीको माग गर्दै नेकपा एकीकृत समाजवादी पार्टीको भातृ संगठन युवा संघ नेपालका कार्यकर्ताले धनगढीमा प्रर्दशन गरेका छन् । युवा संघ सँगै अनेरास्ववियूले पनि प्रर्दशन गरेका हुन् ।
धनगढीको पार्कमोड देखी एलएनचोक सम्म नारावाजीसहित युवाहरुको जुलुस कोणसभामा परिणत भएको थियो।
कोण सभालाई सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी) कैलाली जिल्ला कमिटीका उप–सचिव दीर्घ जोशीले भ्रष्टचारीलाई बाहनाबाजी गरेर उम्कन नदिन माग गरे ।
सरकारले नेपालीहरु लाई नक्कली शरणार्थी बनाएर अमेरीका पठाउन सहयोग गरेको भन्दै तत्कालीन गृह मन्त्री बालकृष्ण खाँड, सचिव टेक नारायण पाण्डे लगाएतकालाई पक्राउ गरीसकेको छ। एमालेका सांसद टोपबहादुर रायमाझी पक्राउ पूर्जी जारी भएको ११ दिनमा आईतबार साझँ पक्राउ परेका छन् भने पर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा लाई पक्राउपुर्जी जारी गरे पनि अझै सम्म फरार छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपालका तत्कालीन प्रधानमन्त्री देखी ठुला नेताका श्रीमतीको नाम जोडीए पछि युवा संघ नेपाल लगाएतका संगठनहरु आन्दोलनमा उत्रेका हुन्।