धनगढी: प्रदेश सभा सदस्री तथा नेकपा माओवादी केन्द्रका नेता ओमविक्रम भाट सरलले अब सुदूरपश्चिममा खल्तिमा ल्याइएका चिटका आधारमा याेजना दिने सिस्टम बन्द हुने बताएका छन्।
उनले आज कृष्णपुर नगरपालिका वडा नम्वर ७ मट्टैयाकटानमा बनेकाे ग्वाँसी बहुउद्देश्यीय विकास समाज नेपालकाे भवन उद्घाटन कार्यक्रममा साे कुरा बताएका हुन्।
प्रदेशमा पहुँच र कमिसनका आधार मन्त्रालयमा आएर याेजना मागेर लैजाने प्रवृत्ति बन्द गर्ने बताउँदै उनले जनताका आवश्यकताका अधारमा याेजना वितरण गरिने बताए।
यस्तै आफू कृष्णपुरकाे विकासका लागि पालिका, प्रदेश र केन्द्र सरकार मिलेर काम गर्ने पनि उनले बताए। सडक, स्वास्थ्य, शिक्षा र खानेपानीकाे पुर्वाधार निर्माणका लागि आफू प्रयासरत रहेको उनको भनाई छ।
Facebook Comments Box