धनगढी – अस्पतालको लापरवाहीका कारण सुत्केरी महिलाको ज्यान गएको भन्ने समाचार प्रति निसर्ग अस्पतालले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाईएको छ
विभिन्न संचारमाध्यममा अस्पतालको लापरवाहीले गर्दा सुत्केरी महिलाको ज्यान गएको भन्ने समाचार प्रकासित प्रति अस्पतालको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उपचारका क्रममा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको अस्पतालले प्रस्ट्याएको छ ।
अस्पतालले सोमबार पत्रकार सम्मेलन आयोजना गरी उपचारको क्रममा कुनै पनि सुत्केरी महिलाको मृत्यु नभएको जानकारी दिएको हो ।
संचार माध्यममा उल्लेख गरिएकी गौरिगंगाकी हिरा चौधरी उच्च रक्तचापकाकारण राती अस्पतालको आक्समिकमा आउँदा प्रारम्भिक उपचार गराएर फर्केकी र सरला सिलाधरको मृटुको समस्याका कारण घरमै उनको मृत्यु भएको अस्पतालले पत्रकार सम्मेलन मार्फत जनाएको छ ।
Facebook Comments Box