धनगढीः बैतडीको डिलासैनी गाउँपालिका–३ मौनीमा रहेको भुमेश्वर आधारभुत विद्यालयमा शिक्षकहरु जम्मै गयल भएको पाइएको छ। दुई जना पालिका शिक्षक, एक बाल विकास शिक्षक र एक जना कार्यालय सहयोगी रहेको विद्यालयमा बिना जानकारी शिक्षक अनुपस्थित भएको पाइएको हो।
आइबारमात्रै विद्यार्थीहरु विद्यालयमा उपस्थित रहेको भएपनि सबै शिक्षकहरु अनुपस्थित रहेको पाइएको हो। विद्यालयमा शिक्षकहरु कोही नआएपछि विद्यार्थीहरु घर फर्किएका थिए। कार्यालय सहयोगी भुरे धामीमात्रै विद्यालयमा रहेको बताइएको छ। शिक्षकहरु पुस्पाकुमारी बिष्ट, लोकेन्द्रबहादुर धामी उपस्थित नभएका हुन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणसिंह धामीले उक्त दिन विद्यालयमा उपस्थित नभएका सबै शिक्षकहरुको हाजिर काटिएको बताए।
Facebook Comments Box