कञ्चनपुरः कञ्चनपुरको वेदकोट नगरपालिकाले जग्गाको वर्गीकरण सुरु गरेको छ। भू–उपयोग नियमावलीअनुसार वेदकोटले जग्गाको वर्गीकरण गरेको हो।
सोमवार नगरपालिकाले एक कार्यक्रम गरी भूउपयोग निमावलीअनुसार गरेको कित्तागत वर्गीकरणको विवरण मालपोत कार्यालय र नापी कार्यालयलाई हस्तान्तरण गरेको छ।
नगरप्रमुख भोजराज बोहराले जग्गाको वर्गीकरण विवरण तथा नक्सा भूमि तथा मालपोत कार्यालय कञ्चनपुरका प्रमुख तेजबहादुर चन्द र नापी कार्यालय कञ्चनपुरका प्रमुख पुष्करराज पाललाई हस्तान्तरण गरे थिए।
जग्गालाई आवासीय, व्यवसायीक र कृषि क्षेत्रलगायत १० वटा क्षेत्रमा वर्गीकरण गरिएको नगर प्रमुख बोहराले बताए।
Facebook Comments Box