धनगढी: नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरुसँग डिल्लीबजार कारागारमा छलफल गरिरहेका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरुलाई कारागार बोलाएका हुन् । नाउपाका केन्द्रिय नेता तथा प्रदेश र प्रतिनिधि सभाका सदस्यहरु छलफलका लागि जेलमै गएका छन्।
छलफलपछि सर्वोच्चको फैसला सम्बन्धमा धारणा आउन सक्ने र संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक पनि आजै बसेर सरकारबारे धारणा बनाउने भएको छ ।संसदीय दलका नेता घनश्याम चौधरीले बैठक बस्ने कुरा भएको तर समय निश्चित भइनसकेको जानकारी दिए ।
Facebook Comments Box