धनगढी: सर्वोच्च अदालतको फैसलाबारे रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टीको धारणा नआउँदै माओवादी केन्द्रका सुदूरपश्चिम अध्यक्ष हरि चौधरी बोलेका छन् ।
सामाजिक सञ्जाल टिकटकमा आफ्नो धारणा सार्वजनिक गरेका चौधरीले सर्वोच्च अदालतको फैसलालाई सिंगो २० लाख थारु समुदायको विपक्षमा रहेको भनेका छन् भने त्यसले थारु समुदायको भावनामा चोट पुगाएको उनको टिप्पणी छ ।
थारु मोर्चाका महासचिव समेत रहेका चौधरीले सार्वजनिक गरेको भिडियोमा एक जना व्यक्ति मात्र नभएर थारु समुदाय नै दोषी करार भएको भनेका छन् ।
Facebook Comments Box