काठमाडौँ: सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले पनि सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेकेको बताइएको छ ।
उनी यती समूहका अध्यक्ष पनि हुन् । ल्हाक्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । उनी क्याम्प–२ बाटै फर्केका थिए ।
Facebook Comments Box