काठमाडौँँ: हुम्लाको अदानचुली गाउँपालिकाको गल्फागाडमा कर्णाली नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार माछा मार्न नदीमा गएका अदानचुली–२ का ३७ वर्षीय छक्क बुढा बेपत्ता भएका हुन् ।
माछा मार्न जाल बोकेर पौडी खेल्दै कर्णाली पार गर्न खोजेका बुढा दिउँसो डुबेका गल्फागाड प्रहरी चौकी श्रीनगरले जनाएको छ ।
Facebook Comments Box