धनगढी: बैतडीमा सुर्नया गाउँपालिकाको वडा नम्बर–६ खर्काधारमा टिप्पर दुर्घटना भएको छ। से १ ख १६५८ नम्बरको टिप्पर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
प्रहरीका अनुसार टिप्पर दुर्घटनामा परेर टिप्परका सहचालक ‘खलासी’ २४ वर्षीय अशोक बोहरा घाइते भएका छन्।
घाइते बोहराको टाउको, ढार र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ। बोहरालाई उपचारका लागि डडेल्धुरा ल्याइएको छ। बिहीवार साँझ ५ बजेतिर सुर्नया गाउँपालिका अन्तर्गतको मोतीनगर–हेपो सडकखण्डमा माटो अनलोड गर्ने बेला टिप्पर दुर्घटनामा परेको थियो।
टिप्परमा चालक र सहचालक मात्रै सवार रहेको र चालक सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Facebook Comments Box