काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह र शिवानी श्रेष्ठबीच इन्गेजमेन्ट भएको छ।
यहि जेठ १ गते काठमाडौंमा एक समारोहबीच उनीहरुको इन्गेजमेन्ट भएको हो।
पूर्वराजदूत केदारभक्त श्रेष्ठकी नातिनी शिवानी श्रेष्ठसँग जयविरको इन्गेजमेन्ट भएको थियो। दुई परिवारको सहभागितामा इन्गेजमेन्ट भएको हो।
जयवीरसिंह शेरबहादुर देउवाका एक्ला सन्तान हुन् भने शिवानी केदारभक्तका छोरा सञ्जीवभक्त श्रेष्ठकी कान्छी छोरी हुन्। जयवीरसिंह र शिवानीको इन्गेजमेन्टको जानकारी शिवानाकी आमा प्रतिभा श्रेष्ठले इन्स्टाग्राम स्टोरीमार्फत दिएकी हुन्।
देउवाको पारिवारिक स्रोतका अनुसार जयवीर र शिवानीबीच माघमा बिहे गर्ने तयारी छ ।
Facebook Comments Box