दार्चला: दार्चुलाको एक मोबाइल पसलमा आगलागी भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–१ स्थित निश्चल मोबाइल एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी भएको हो।
धौकुचेका २६ वर्षीय मोहनदेव खडायतको सो पसलमा करेन्ट सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट पसलमा रहेका दुई थान कम्प्युटर, एक थान फोटोकपि मेसिन, रेडियो दुई थान तथा १२ थान मोबाइल जलेर नष्ट भएको छ।आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।
Facebook Comments Box