धनगढीः नेपाली कांग्रेसका सुुदूरपश्चिम प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंह मन्त्री बन्ने भएका छन्। बझाङबाट निर्वाचित सिंहलाई मुुख्यमन्त्री कमलबहादुर शाहले आज आन्तरिक मामिला तथा कानुन मन्त्रीमा नियुक्त गर्ने स्रोतले जनाएको छ।
सिंहले पनि आफूलाई मन्त्रीमा नियुक्त गर्नेबारे जानकारी आएको बताए। उनले भने, ‘भर्खरै मुख्यमन्त्रीज्यूले फोन गर्नुभयो। म काठमाडौंमा छु। सपथका लागि ५ बजे आउन भन्नुभएको छ। तर, मैले त भोलिको टिकट काटेको थिए। त्यत्तिकैमा अहिले म एयरपोर्टतिर जादैछु। अब धनगढी आउने जहाज खोज्छु।’ आफ्नो पूर्वनिर्धारित जहाजको टिकट भोलिको भएकाले हतारहतार सपथमा आउनुपर्ने बाध्यता आइलागेको उनको जिकिर छ।
सिंहसँगै माओवादी केन्द्रका रमेश धामी र झपट साउँद पनि मन्त्री बन्दैछन्। साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा सपथ ग्रहण गराउने तयारी छ।
Facebook Comments Box