धनगढी: अछामको भाटाकाटियाबाट आएका झपटबहादुर साउद हिजो सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्री भएका छन्।
अछाम क्षेत्र नम्बर १ को (२)बाट निर्वाचित सांसद साउद २०३७ असार २४ गते साविकको भाटाकाटिया गाउँ विकास समिति-६ मा जन्मेका हुन्।
उनले २०५४ सालमा महेन्द्र माध्यमिक विद्यालय बयालपाटा माध्यमिक शिक्षा अध्ययनको राजनीतिक यात्रा सुरु गरेका थिए। त्योबेला उनी अखिल क्रान्तिकारीको सदस्य बनेका थिए।
उनले २०५५ सालमा वाइसिएलको वैधानिक टोल कमिटीको अध्यक्ष भएर काम गरे। २०५७ सालमा भने उनले भाटाकटेनी सेल सेक्रेटरीको जिम्मेवारी पाए। त्यसपछि साउदले २०५८ देखि अखिल क्रान्तिकारी अछामको अध्यक्ष हुँदै दुई कार्यकालको जिम्मेवारी पूरा गरेका थिए।
२०५९ सालमा अछाम, कालिकोट र बाजुराको जिल्ला इन्चार्जको जिम्मेवारी पनि सम्हालेका उनले २०६१ साल माघ १९ गते एमालेको नारायणी र बागमती अञ्चलको संयोजकको जिम्मेवारी पाए।
२०६४ सालमा संविधान सभा सदस्यको निर्वाचनमा उनी उम्मेदवार बनेका उनी त्यतिबेला हारेका थिए। उनलाई २०७३ सालमा पार्टीले अछाम जिल्ला संयोजक जिम्मेवारी दिएको थियो।
त्यसपछि २०७५ मा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपामा उनलाई अछाम जिल्ला सचिवको जिम्मा दिइयो।
उनी २०७९ सालको निर्वाचनमा अछाम जिल्ला क्षेत्र नम्बर १ को (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए।
हिजो मन्त्री बनेपछि उनले स्रोत साधानले भ्याएअनुसार विकासका गतिविधिलाई अगाडि बढाउने बताएका छन्।