काठमाडौँ: एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरेका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् ।
न्याय र समृद्धिको योगफल नै लोकतन्त्र भएको बताउँदै उनले नीति तथा कार्यक्रममा लोकतन्त्रको आत्मा नरहेको टिप्पणी गरेका हुन् । त्यस्तै, उनले नीति तथा कार्यक्रम फिर्ता लिएर पुनर्लेखन गर्न माग पनि माग गरेका छन् ।
Facebook Comments Box