काठमाडौँ: भारतीय पूर्व पर्यटनमन्त्री सुवोधकान्त साह नेपाल भ्रमणमा छन् । बिहान ९ बजे एअर इण्डियाको उडानबाट काठमाडौँ ओर्लिएका उनी भोलि बिहान पशुपतिनाथको मन्दिरमा विशेष पूजाआराधनाको निम्ति जाने बताइएको छ ।
साह भोलि पशुपतिबाट फर्केपछि सरकारी अधिकारी तथा विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्तामा सहभागी हुने बताइएको छ । उनको सम्मानमा पर्सि साँझ लैनचौरस्थित भारतीय दूतावासमा रात्रिभोजको आयोजना गरिँदैछ ।
बिहीबार दिउँसो २ बजे इण्डिगोको उडानमा नयाँ दिल्ली फर्कनेछन् । उनी भारतीय राष्ट्रिय काँग्रेसका नेता हुन् ।
Facebook Comments Box