धनगढीः कैलालीको धनगढीमा सञ्चालित निजी अस्पतालहरु मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएको छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ को दफा ७० (घ) अनुसार धनगढीका निजी अस्पताल सञ्चालन नभएको पाइएको हो ।
सो मापदण्डअनुसार अस्पतालमा उपचारका लागि आउने विपन्न, असाहय, तथा बेवारिसे बिरामीका लागि कुल अस्पतालमा भएको बेड संख्याको १० प्रतिशत निःशुल्क अनिवार्य उपचार उपलब्ध गराउनुपर्ने भए पनि धनगढीमा त्यसको कार्यान्वयन नभएको देखिएको छ ।
उपमहानगरपालिकाले सूचना नै जारी गरेर मापदण्डअनुसार अस्पताल सञ्चालन गर्न भनेको छ । तोकिएको मापदण्डअनुसार अस्पताल सञ्चालन नभए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।
Facebook Comments Box