बझाङ: बझाङको सेती नदीमा एक बालकको शव फेला परेको छ । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका १ जालेबगरमा सोमवार अन्दाजी ४ वर्षीय बालकको शव फेला परेको प्रहरीले बताएको हो ।
जालेबगरमा काम गररिहेका कामदारहरुले नदीको किनारमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । बालकको शव अहिले जिल्ला अस्पताल बझाङमा राखिएको र पहिचान नखुलेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
Facebook Comments Box