कञ्चनपुर: सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहले कञ्चनपुरको बेलडाँडीमा रहेको इलाका प्रहरी कार्यालयको स्थलगत अनुगमन गरेका छन् ।
इलाका प्रहरी कार्यालय बेलडाँडीले शान्ति सुरक्षा थप प्रभावकारी बनाउन आवश्यक बजेट र स्रोत साधनको व्यवस्थापनमा सहयोगका लागि अनुरोध गरेको छ ।
इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक पुष्कर पन्तले ग्रामीण क्षेत्रका प्रहरीले भोग्नु परेका समस्या, सवारी साधनको व्यवस्था र निकुञ्ज क्षेत्र तथा बढी संवेदनशील क्षेत्रमा सिसी क्यामेरा जडानका लागि अनुरोध गरेका छन् ।
त्यस्तै, बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले बेलडाँडीका मुख्य समस्याहरू अवगत गराउँदै समाधानका लागि पहल गरिदिन आग्रह गरे । मन्त्री सिंहले बेलडाँडीको विकासका लागि सक्दो प्रयास गर्ने आश्वासन दिए ।
Facebook Comments Box