कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिका ९ को वडा कार्यालयमा लगाइएको ताला खोलिएको छ ।
उक्त वडामा रहेको सिद्धनाथ–कालिका मन्दिरको सिमाङ्कन गर्न माग राख्दै वडा कार्यालयमा लगाइएको थियो । यही जेठ ११ गतेभित्र सिमाङ्कन गर्ने सहमति भएपछि कार्यालयमा लगाएको ताला आज खोलिएको हो ।
नगरपालिकाका उपप्रमुख जोगराम चौधरीको रहोवरमा मन्दिर समिति र वडा कार्यालय बसी ११ गतेसम्म नगरपालिकाले प्राविधिक टोलि ल्याएर मन्दिरको सिमाना छुट्याइदिने सहमति भएपछि ताला खोलिएको मन्दिर समिति अध्यक्ष दिनेशराज भट्टले बताए ।
Facebook Comments Box