धनगढीः अछाममा चट्याङ लागेर चार जना घाइते भएका छन्। गएराति कमलबजार नगरपालिका–१ मा हावाहुरी र वर्षासंगै परेको चट्याङ लागेर ४ जना घाइते भएका हुन्।
घाइते हुनेमा १८ वर्षीया गिताकुमारी रावत बिष्ट, ३२ वर्षीय धिर्जा बजगाई, ३० वर्षीया सरस्वती बजगाई र ५० वर्षीया मोतिकला बजगाई रहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको छ।
अन्य घाइते ३ जनाको अछाम जिल्ला अस्पतालमा उपचार भैरहेको छ।
Facebook Comments Box