कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिका-५ को कृष्णपुर स्वास्थ्य चौकीले रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको छ । स्वास्थ्य चौकीले बुुधवारदेखि खोप सेवा सुरु गरेको हो ।
नगरप्रमुख हेमराज ओझाले स्वास्थ्य चौकी इञ्चार्जलाई खोप हस्तान्तरण गर्दै रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन् । नगरप्रमुख ओझाले नगरवासीले रेबिज रोगविरुद्धको खोप सेवा लिन बाहिर जानुपर्ने बाध्यता अब हटेको बताए ।
Facebook Comments Box